Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्ने व्यवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ

विश्वासको मत पाउने अवस्था नरहेको जिकिर

७ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नयाँ सरकार गठनका लागि राजीनामा गर्नुपर्ने व्यवस्था नरहेकाले आफूले राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री ओलीले ७६(५) बाट गठनका लागि राजीनामा गर्नु नपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि नै आफू संसदमा अल्पमतमा परिसकेको जनाएका हुन् । अहिले पनि पार्टी भित्रै बाट पूर्ण रुपले विश्वासको मत पाउने अवस्था नरहेकाले आफू सिधै ७६(५) मा जाने निर्णय गरको बताएका हुन् । उनले ‘मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने ? संविधानमा छैन भने अर्को विकल्पमा जाने ?, विकल्प रोकिएको छैन’ भने ।

आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले, ‘राजीनामा दिनुपर्छ भन्ने कहाँ लेख्या छ र ?’ भनी प्रतिप्रश्न गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE