Date
मङ्ल, बैशाख ४, २०८१
Tue, April 16, 2024

छुइ प्रथा हटाउन महाअभियान सुरु

काठमााडौँ – छुइ प्रथाका कारण महिलाको स्वास्थ्यमा पर्न सक्ने प्रत्यक्ष असरलाई मध्यनजर गर्दै सो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनु भएको छ । उहाँका अनुसार छुइ हुँदा महिला कमजोर हुने र सो अवस्थामा विशेष ध्यान दिनुपर्ने भएपनि ग्रामिण महिलाहरु छुइ भएको अवस्थामा घरमा नबसेर गोठमा बस्ने गरेको र जसले स्वास्थ्यमा समेत असर पर्ने भएकोले यो अभियान सुरु गरिएको हो ।

जुम्लाका प्रत्येक स्थानीय तहमा छुइ (छाउपडी) प्रथा उन्मुलनका लागि सद्भावना दूत नै नियुक्त गर्ने अभियान चलेको छ । जस अन्तरगत्त सोमबार जुम्लाको चन्दननाथ नगरपालिकाको वडा १ र २ मा सद्भावना दूतमा धामीझाँक्री, पुरोहित, सञ्चारकर्मी र सक्रिय महिला दलित महिलालाई समावेस गरी एक समिति बनाई सदेभाव दुत समिति बनाएको छ ।

कुप्रथा अन्त्यका लागि स्थानीय प्रशासनले सबै प्रकारका विकल्प अवलम्बन गरेर अघि बढ्न थालेका छन् । पहिलो चरणमा हरेक नागरिकलाई छुइ प्रथा उन्मुलनमा प्रतिबद्ध गराउदै लैजाने र छुइ प्रथा मान्ने धामी, झाँक्रीलाई सद्भावना दुतमा नियुक्त गरेका गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE