Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एमाले विवाद समाधान कार्यदल ब्यूँतियो, आजै बैठक बस्दै

एमाले विवाद समाधान कार्यदल ब्यूँतियो, आजै बैठक बस्दै

२१ असार, काठमाडौं– एमाले विवाद समाधानका लागि गठित कार्यदल पुनः ब्युतिएको छ । कार्यदलको बैठक आज नै बस्ने स्रोतले जनाएको छ ।

कार्यदलको बैठक सोमबार बेलुका ६ बजे तयारी रहेको स्रोतले बतायो।

विवाद समाधानका लागि गठित कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

यता वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

विवाद समाधानका लागि गठित कार्यदलको बैठक जेठ ६ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।

कार्यदलको गठन जेठ २ गते भएको थियो ।

यद्यपि अनौपचारिक छलफल चल्दैगर्दा औपचारिक बैठक बोलाइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE