Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

१३ वर्षिया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक पक्राउ

१३ वर्षिया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक पक्राउ

११ असार, काठमाडौं– जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अर्जुनधारा नगरपालिका–३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट

खटिएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो । साथै फरार रहेका ओमको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE