Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेसमा पौडेल पक्षबाट यी बन्दैछन् मन्त्री,सुजाता कोइराला आउट

१९ आश्विन,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज-भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थाल्नुभएको छ। आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ।

मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनएको छ । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले ५-५ वटा मन्त्रालय पाउने भएका छन् । कांग्रेसबाट अब तीन जना मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो कोटाबाट मन्त्री बनाईसक्नुभएको छ। अब वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दुई जना र कृष्ण प्रसाद सिटौला समूहबाट एक जनालाई मन्त्री बनाउन लाग्नुभएको हो । पौडेल पक्षबाट यसअघि सुजाता कोइराला मन्त्री बन्ने चर्चा थियो ।

तर, पछिल्लो समय पौडेल पक्षले कोइराला नपठाएर डा. मिनेन्द्र रिजाललाई पठाउन लागेको बताईएको छ । रिजाल सञ्चारमन्त्री बन्ने पक्कापक्की भएको छ । अर्को एक जनामा कसलाई पठाउने भन्नेबारे पौडेल पक्षले आजै नाम तय गर्ने बुझिएको छ । उता, सिटौलाले भने आफ्नो समूहबाट यसपटक भीमसेनदास प्रधान, उमाशंकर चौधरी र राजन केसीमध्ये एक जनालाई मन्त्री बनाउने चर्चा छ ।

सुजाताले सुरुमा परराष्ट्रमन्त्री बनेर जाने ईच्छा राख्नुभएको थियो  । तर, प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन जानुपर्ने भएको भन्दै डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि सुजाता मन्त्री बन्ने रेसबाट आउट हुनुभएको हो । सुजातालाई मन्त्री बनाउनको लागि महामन्त्री डा.शशांक कोइराला र शेखर कोइराला दुवैले प्रस्ताव गर्नुभएको थियो ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE