ब्रेनह्यामरबाट ग्रसित अनितालाई भेट्न सहयोगसहित अस्पताल पुग्यो टिकटक मिलिजुली परिवार
- के.बि. थापा (सुमन)
काठमाडौँ – सामाजिक सञ्जाल टिकटकमा आबद्ध समूह (मिलिजुली टिकटक परिवार) ब्रेनह्यामरबाट ग्रसित अनितालाई भेट्न सहयोगसहित अस्पताल पुगेको छ।
ललितपुर ग्वार्खुस्थित अर्थोप्लास्ट रिहाव सेन्टरमा पुगि समूहले १लाख ३७ हजार ७सय ७० रुपैँया नगद सहयोग हस्तान्तरण गरेको छ । गुल्मी जिल्ला, धुर्कोट गाउँपालिका २ पिपलधारा निवासी २५ वर्षीया अनिता खड्कालाई उपचारको लागि सहयोग स्वरुप मिलिजुली टिकटक परिवारले अस्पताल पुगी रकम हस्तान्तरण गरेको हो ।

१८ महिना अघिदेखि ब्रेनह्यामर रोगबाट ग्रसित भएपछी उपचारको क्रममा भैरहवाको युनिभर्सल मेडिकल कलेज काठमाडौको त्रि. बि. शिक्षण अस्पताल , अन्नपूर्ण न्युरो अस्पताल हुँदै हाल ललितपुर सातदोबाटो स्थित अर्थोपेडिक रिहाब सेन्टरमा उपचार भैरहेको छ ।
हालसम्म उपचारमा ३५ लाख खर्च भैसकेको र जसमा १३ लाख रुपैया विभिन्न संघ संस्थाले सहयोग गरेको अनिताका श्रीमान बिनोद खड्काले बताउनुभयो ।
झण्डै २ महिना अगाडि स्थापना भएको मिलिजुली परिवार का संयोजक एबम युवा समाजसेवी राजन कडेल सहित मिलिजुली परिवारमा आबद्ध ३० जनाको टिम अस्पताल पुगि सो रकम अनिताका श्रीमान बिनोद खड्कालाइ हस्तान्तरण गरेको हो ।

टिकटक मिलिजुली परिवारमा आबद्ध व्यक्तिहरुबाटै संकलन गरिएको उक्त सहयोग रकमले उपचारत परिवारलाइ थोरै भए पनि उपचारमा सहयोग पुग्ने संयोजक राजन कडेलले बताउनुभयो ।

यदि कोहि सहयोगी हातहरु अझै पनि अनिताको उपचारमा सहयोग गर्न चाहानु हुन्छ भने मिलिजुली टिकटक परिवारमा सम्पर्क गर्न वा अनिताका श्रीमान बिनोद खड्काको मेघा बैंक भैरहवा शाखामा रहेको खाता नम्बर ०२९००५००९६१४५ र सानिमा बैंक भैरहवा शाखामा रहेको खाता नम्बर ०३१०११०६००००५२७, मोबाइल नम्बर ९८६००२६८१२, वा अर्थोप्लास्ट रिहाव सेन्टर ग्वार्खुमा सीधा सम्पर्क गरी सहयोग गर्न टिकटक मिलिजुली परिवारले अपिल गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE