Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

ओलीलाई पुनः शपथग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट

३ जेठ काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले प्रधानमन्त्री विरुद्ध चारओटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

प्रधानमन्त्री ओलीले वैशाख ३१ गते शुक्रबार शपथ लिने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् । उनले राष्ट्रपति भण्डारीले सो वाक्यांश दोहोर्याउदा समेत उच्चारण गर्न अस्वीकार गरेका थिए । त्यसपश्चात राष्ट्रपति भण्डारीले हाँस्दै शपथग्रहणलाई निरन्तरता दिएकी थिइन् । प्रधानमन्त्री ओलीले त्यसपछि पनि शपथको भाषामा प्रयोग भएको ‘ईश्वर’ भन्ने शब्द उच्चारण गर्न छुटाएका थिए ।

रिटमा प्रधानमन्त्री ओलीको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको भन्दा फरक परेकाले उक्त शपथ बदर गरी पुनः शपथ नलिई कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE