Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

जसपा महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने, को को बन्ने भए मन्त्री ? (सूचीसहित)

जसपा महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने, को को बन्ने भए मन्त्री ? (सूचीसहित)

२१ जेठ, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा जाने भएको छ । जसपाको ठाकुर पक्ष सरकारमा सहभागि हुने भएको हो ।

जसपा स्रोतले बताएअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो। सरकारमा महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्ने स्रोतले बताएको छ ।

स्रोतका अनुसार महतोले उपप्रधान तथा शहरी विकास मन्त्रालयको नेतृत्व गर्दैछन् । यस्तै भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् भने नेता श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय दिने पक्का भएको छ ।

यसैगरी चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

सरकारमा सहभागि हुने मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE