सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी, को को गए बैठकमा ?
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी, को को गए बैठकमा ?
२८ जेठ, काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्व प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसहितको सर्वदलीय बैठक शुरू भएको छ ।
सभामुखले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने शीर्षस्थ नेतालाई बोलाउनुभएको थियो । अहिले उक्त छलफल नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा चलिरहेको छ ।
जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेमकिपाका प्रेम सुवाल, राप्रपाका दीपक बोहरालगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन् ।
प्रधानमन्त्रीलाई पनि आमन्त्रण गरिएतापनि उहाँ भने बैठकमा सहभागि हुनुहुन्न ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE