प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, सर्वोच्चमा पेस
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा, सर्वोच्चमा पेस
११ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चको अवहेलना गरेको भन्दै रिट पेस भएको छ । अदालको फैसला नमानी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट पेस भएको हो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद विघटन गरेको भन्दै वरष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा पेस गर्नुभएको हो।
प्रधानमन्त्री ओलीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) बमोजिम हदै सम्म सजाय गर्न रिटमा माग गरिएको छ। अदालतको अवहेलनामा प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँसम्म सजायको व्यवस्था छ ।
अहिले सो रिट दर्ताको प्रक्रियामा रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE