विप्लवसँग वार्ता हुने भो भनेर कतिपयलाई छटपटी प्रधानमन्त्री ओली
९ फागुन
काठमाण्डौ – प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लव० समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गर्नु भएको छ ।
‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन्,’ ओलीले भने, ‘विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटि भएको छ। लौ हामी तिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर।’
उनले अवरोध र अप्ठेरोबीच पनि सरकार अगाडि बढेकोमा विरोधीहरूलाई छटपटी भएको भन्दै उनले जसले जति अवरोध गरे पनि सरकारले विकासको गति रोकेको छैन। देश अगाडि बढ्दा केही मानिसलाई पीर परेको बताउनु भयो ।
‘यसले राम्रा काम गर्यो, जनतामाझ अझ लोकप्रिय हुने भयो, अब बर्बाद हुने भयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएको उहाले बताउनु भयो ।
फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्याउन आफूले पहल गरिरहेको समेत ओलीले जानकारी दिनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE