बलिवुड अभिनेता सञ्जय दत्तद्वारा आफुलाई क्यान्सर भएको खुलासा
३० असोज
एजेन्सी – भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन्। भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले चाँडै क्यान्सरलाई परास्त गर्नेू विश्वास व्यक्त गरेका छन्।
उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन्।
अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE