Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

१५ जेठ, काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण गणतन्त्र पक्षधरबीच एकताको आवश्यकता रहेको औंल्याएउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले लामो राजनीतिक आन्दोलन तथा सबै शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढीकरणका लागि सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीबीच एकताको अपरिहार्यता अझै रहेको बताएउनुभएको हो  ।

गणतन्त्र प्राप्तिका लागि ज्यानको आहूति दिने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै राउतले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘शहीदहरुले देखाउनुभएको बाटोमा हिंड्न प्रदेश सरकार सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

 

WRITE COMMENTS FOR THIS ARTICLE