Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

१२ आश्विन,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थाल्नुभएको हो। प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसक्नुभएको छ ।

दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ । यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश ९दोस्रो संसोधन० २०७८ खारेज गर्नुभएको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE