Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

१३ आश्विन, काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । उहाँ उपचारका लागि बुधबार बिहान हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गर्नुभएको हो । उहाँसँगै पुनपत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ।

उहाँहरु बिहान ७ बजेको फ्लाइटमार्फत उडेको बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेको नेता पुन बंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ । वरिष्ठ चिकित्सकको सुझाव अनुसार नेता पुन बैंकक प्रस्थान गर्नुभएको हो । उहाँको यसअघि २०७२ मा पनि उही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE