Date
आइत, कार्तिक ७, २०७८
Sun, October 24, 2021

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

२५ फागुन
काठमाडौँ –
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समिकरण र पार्टी पुनर्गठनका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

आइतबार सर्वोच्च अदालतले नेकपा नामको विवादमा फैसला सुनाउँदै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै ब्यूँताइ दिएपछि एकीकरण पछि बनेको नेकपाका नेताहरु आ९आफ्नो पूर्ववत पार्टीमा फर्किएका छन् ।

दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।

WRITE COMMENTS FOR THIS ARTICLE