काठमाडौंमा जीपको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं – काठमाडौंको बालकुमारीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शनिबार राति बालकुमारी पुलमा जीपले ठक्कर दिँदा अन्दाजी २८ वर्षीय युवको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ।
जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पैदल हिँडिरहेका उनलाई शनिबार राति सवा ८ बजे बा १ झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो। फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE