वसन्तपुरमा होली खेल्दा दुई समूहबीच झगडा, दुई युवक घाइते
१५ चैत्र
काठमाडौं – वसन्तपुरमा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको छ। कुटपिटमा दुई युवक घाइते भएका छन्।
शनिबार दिनभर वसन्तपुरमा होली मनाइको छ। होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको हो।
वसन्तपुर नजिकै छ्वासपाखा गल्लीमा भएको कुटपिटमा दुई जना घाइते भएका छन्। उनीहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको वीर अस्पतालमा उपचार भइरहेको छ।
सात आठ जनाको समूहले उनीहरुमाथि धारिलो हतियारले प्रहार गरेको हो। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE