Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

जैमिनिका मानिसको धारणा : मानिस भएर जिउने बाटो देखायो

बागलुङ  ग्रामिण दलित महिलारुको जिवन एक्कौ शताब्दिको लोकतान्त्रि गणतन्त मुलुकमा हहिले पनि अझै सामन्त र पुजिपतिको दास भयर  जीवन जिउनु परेको अवस्था भोगिरहेको कुरा तालिमको सहभागिहरुले बताए।  जैमिनि नगरपालिकाको दमेकमा भयको दलित तथा महिला शसक्तिकरण तालिम समापनको अवसरमा सहभागिहरुले जातिय र लिङ्गिय दोहोरो विभेदको सिकार हुनु परेको पनि बताएका थिए ।  तालिमको समापन समारोहमा बोल्दै वार्ड अध्यक्ष प्रेम साप्कोटाले तालिम बाट सिकेका कुरा घर, र समाजमा रुपान्तरण गरेर देखाउन लागि परेमा नगर र वार्डले थप सहयोग गर्दै जाने बताए ।  

 

जैमिनि नगर कार्यपालिका सदस्य लाल बहादुर परियारले दलितको जीवन तस्बिर खिच्ने गरि तालिम चलाउन प्रयास गरेको देखियको बताए । प्रमुख प्रशिक्षक सिताराम थापाले हज्जारौ बर्ष देखिको बिभेद अन्त्य गर्न सामाजि रुपान्तरणको काम राज्यले गर्नु पर्ने बताउनु भयो।

दलित समाज संजाल दमेक र सत्कर्म नेपाल को आयोजनामा गरियको तालिमममा दिलतको समस्या, दलितको ईतिहास, यसको कारण, महिलाको अवस्था संबैधनिक हक लगायतको बिषयमा प्रशिक्षण दिईएको थियो। तालिमको सहजिकरण प्रमुख प्रशिक्षक सिताराम थापा, लाल बहादुर परियार र लक्ष्मि नेपालिले गर्नु  भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE