केपी ओली कुहिएको अण्डा जस्तै भइसके : प्रचण्ड
२२ फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली कुहिएको आलु भएको बताउनु भएको छ । प्रधानमन्त्री ओ लीलाई कुहिएको अण्डा भएको बताउदै उहाँले ओलीजस्तो गन्धा कोही नभएको बताउनुभएको हो ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओत्सेतुङले कम्युनिस्टहरू अण्डा जस्तै फाइदाजनक हुन्छन् तर बिग्रिए भने कुहिएको अण्डा जस्तै हुन्छन् भनेको प्रसंग स्मरण गर्दै ओली पनि कुहिएको अण्डा जस्तै भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,’अण्डा स्वास्थ्यका लागि स्वास्थ्यवर्द्धक हुन्छ तर, अण्डा कुहियो भने त्योभन्दा गन्धा केही हुँदैन, कम्युनिष्टहरू राम्रा हुन्छन् तर कुहेर गन्हाउन थाले भने त्यसभन्दा नराम्रो केही हुँदैन, अहिलेका केपी ओली त्यही कुहेको अण्डा हो।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE