Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधि पुनः एमालेमा

भदौ २३,धनगढी-कन्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने घोषणा गरेका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उन‍ीहरूले एमालेमा नै बस्ने बताएका हुन्।

एमालेमा फर्किने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा नम्बर-३ का वडा सदस्य  भगतराम चौधरी र शान्ती कामी रहेका छन्।

तीनै जनाले एकीकृत समाजवादीका पक्षमा स्नाखत गरेको भए पनि आफूहरू एमालेमै रहेको विज्ञप्तीमार्फत जनाएका हुन्। उनीहरूले निर्वाचित पद रहे पनि नरहे पनि एमाले नछोड्ने जनाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE