Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कोरोनाबाट मृत्यु भएको परिवारलाई २५ हजार किरिया खर्च दिने

२० जेठ, काठमाडौँ – नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् २५ हजार रुपैयाँ र संक्रमितलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु। २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिनुभएको हो ।

ककनी गाउँपालिकामा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रुपमा बढेसँगै रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताउनु भएको छ ।

गाउँपालिकाले ३१ शयाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसैघण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE