Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ

नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ

१० साउन, काठमाडौं– नक्कली नो–अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ बस्ने झापा भद्रपुर नगरपालिका–७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो–अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE