सरकारले भन्यो , ‘दशैँमा फोनबाटै आशीर्वाद लिऔँ, पुरानै कपडा लगाऔँ’
२३ असोज
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा फोन तथा अनलाइनको माध्यमबाट आफन्तजनको आशीर्वाद दिन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत दशैँमा टिका थाप्न जाँदा कोरोना संक्रमण फैलिने जोखिम रहेको बताएका हुन्।
‘कोरोनाका कारण मान्यजनबाट आशीर्वाद अनलाइन र फोनबाट लिऔं,’ गौतमले भने, ‘संयमित भएर चाडपर्व मनाऔँ। भीडभाड नगरौँ। पुरानै समानको प्रयोग गरौँ। कपडा किनमेल नगरौँ । घरमै पकाएर परिवार बसेर मनाऔँ।’
मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ। संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा। गौतमले बताए।
यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ। कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE