कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी
८ साउन, काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
कांग्रेस पदाधिकारीहरुको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी रहेको हो । बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन्।
आजको बैठक महाधिवेशन केन्द्रित रहने एक नेताले बताए ।
बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यतालिकाबारे छलफल हुने बताइएको छ।
बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा कार्य प्रगति विवरण प्रस्तुत गरेपछि केन्द्रीय समिति बैठक बोलाउनुपूर्व केही जरुरी निर्णयका लागि पदाधिकारी तहले केही सहमति बनाउने बताइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE