बन्दुक बोक्ने म होइन : अध्यक्ष, कुशे गाउँपालिका
२३ फागुन, जाजरकोट-सामाजिक सञ्जालमा एक जना मोटरसाईकल चढेर बन्दुक बोकेको युवकको फोटो सार्वजनिक भयो । जसमा कुशे गाउँपालिका जाजरकोटका अध्यक्ष हरिचन्द्र बस्नेतले बन्दुक बोकेर हिडेको भनि लेखिएको थियो। जसले सोमबार बिहान देखी सामाजिक सञ्जालमा निकै टिकाटिप्पनी भए ।
यो विषयमा पालिका अध्यक्ष हरिचन्द्र बस्नेत सँग कुरा गर्दा आफु मोटरसाईकल चलाउन समेत नजान्ने बताउनु भयो । उहाँले भन्नुभयो …………म सँग गाडिको लाईसेन्स छ, म गाडि चलाउछु तर म सँग मोटरसाईकलको लाईसेन्स नै छैन र मलाई चलाउन पनि आउँदैन ।
व्यक्तिगत र राजनितिक प्रतिसोधका कारण आफ्नो नाम लिएको भन्दै उहाँले बन्दुक बोकेर हिड्ने आफु नभएको समेत दावी गर्नु भयो । यो नितान्त गलत र अस्पस्ट सुचना हो, यस्तो भ्रामक कुरा सामाजिक संजालमा राख्नु दुखद भएको उहाँले भन्नुभयो । उहाँले प्रारम्भिक चरणमा बुझ्न उक्त फोटो सामाजिक सञ्जालमा राख्ने संकस्पद व्यक्तिहरुको छानविन भईरहेको बताउनुभयो । उहाँले अनौपचारिकरुपमा फोटो पोष्ट गर्ने व्यत्तिको पहिचान भई सकेको समेत बताउनु भयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE