Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

माैसम : आज प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भवना

११ असोज
काठमाडौँ – आज देशका पूर्वी भागहरुमा हल्का देखी मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र केही कमजोर हुने क्रममा रहेको ले त्यसको प्रभाव पनि कम हुदै गइरहेको हो । हाल प्रदेश-१ मा पूर्णतया बदली छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानमा मध्यम बर्षाको सम्भावना छ । यता प्रदेश-५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भाना छ । आज प्रदेश १ का एक दुई स्थानमा भारी वर्षा समेत हुन कस्कने सम्भावना रहेको  माैसम पूर्वानुमान महाशाखाका माैसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयाे ।

आइतबार राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही एक दुई स्थानमा आंशिक बदली रही रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE