माधव नेपालका पक्षमा कति छन् सांसद ?
२४ फागुन
काठमाडौँ – २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा १ सय २१ जना सांसद बनेका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको छ । पूर्वएमालेको संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत छ ।
प्रतिनिधिसभामा कायम रहेका साविक एमालेका १ सय २० सांसदमध्ये माधव नेपालका पक्षमा भने थोरैमात्र सांसद छन् । नेपालका पक्षमा नेपालसहित ३७ जना सांसद रहेका छन् । पूर्व एमालेका लालबाबु पण्डित र तुलसा थापा तटस्थ रहेका थिए । .
नेपाल पक्षका सांसदहरू : माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, राजबहादुर बुढा क्षेत्री,पार्वतीकुमारी विशुन्खे, ध्रुवकुमार शाही, जीवनराम श्रेष्ठ, गणेशकुमार पहाडी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कृष्णभक्त पोखरेल, मायादेवी न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, यज्ञराज सुनुवार, समिना हुसेन, मेटमणि चौधरी, जयकुमार राई, हिराचन्द्र केसी, भवानीप्रसाद खापुङ, लक्ष्मीकुमारी चौधरी, भवानीप्रसाद खापुङ, झपट रावल, निरादेवी जैरु, डा दीपक प्रकाश भट्ट, कलिला खातुन, सोमप्रसाद पाण्डेय, बिनादेवी बुढाथोकी, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला, गंगा चौधरी सतगौवा, गोकर्ण विष्ट, सुरेन्द्र प्रसाद पाण्डे, विष्णु शर्मा ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE