दोलखामा पैसा बाँड्न हिँडेका एमाले कार्यकर्ता पक्राउ
दोलखा – स्थिर समयमा पैसा बाँडेको आरोपमा नेकपा एमालेका एक कार्यकर्ता पक्राउ परेका छन् ।
मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा प्रहरीले दोलखाको गौरीशंकर गाउँपालिका- ३ झ्याकुका जिपछिरिङ शेर्पालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी गङ्गा पौडेलको अनुसार पैसा बाँड्न हिँडेका शेर्पालाई शनिबार पक्राउ गरिएको हो । उनको साथमा साढे दुई लाख रूपैयाँ नगद फेला परेको डीएसपी पौडेलले जानकारी दिए ।
स्थानीयले भने शेर्पाले मतदातालाई प्रभावित पैसा बाँडेको आरोप लगाएका छन् । शेर्पाले पैसा बाँड्दै छ भनेर स्थानीयले सूचना दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शेर्पा एमालेका कार्यकर्ता हुन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी एमालेको तर्फबाट वडाध्यक्षमा उठेका थिए । तर, नेकपा माओवादी केन्द्रका उम्मेदवार युगबहादुर बस्नेतसँग पराजित भएका थिए ।
आइतबार हुने आमनिर्वाचनमा दोलखाबाट प्रतिनिधिसभा सदस्यको लागि एमालेबाट बालकृष्ण सिवाकोटी र नेकपा माओवादी केन्द्रबाट गंगा कार्की चुनावी मैदानमा छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE