लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा देखाउन होइन आफ्नो भुमि फिर्ता गर्न हो : प्रधानमन्त्री ओली
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कतिक्रमित भूमि फिर्ता गराएरै छोड्ने बताउनु भएको छ । आज मंगलबारको संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हिन्दीमा सत्यको विजय हुन्छ (सत्यमेव जयते) हुने छ भन्नुहुदै लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र विवादित भूमि होइन त्यो नेपालको आफ्नै भुमी भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरासहितको नेपाली नक्सा जारी गरिएको अन्तराष्ट्रिस्तरमा नेपालको भूमिको पहिचान गराउन र भारतको भ्रम हटाई नेपाली भूमि फिर्ता गर्नको लागि जारी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो भारतीय सेना कालापानीमा बसेपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिदैनौ । हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो’ ।

उहाँले देखाउनको लागि मात्र नक्सा जारी नगरिएको जिकिर गर्नुभायो । प्रधानमन्त्री ओलीले भारतलाई सत्यको विजय (सत्यमेव जयते) हुन्छ कि हुदैन हुन्छकी हुँदैन भनेर प्रश्न गर्ने बताउनुभयो । उहाँले नेपालले यो कुनै तमासा वा देखाउनको लागि नभएको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE