सप्तकोशीमा पानीको बहाव बढ्यो : खतराको संकेत स्वरुप रातो बत्ती बालियो
१५ असार, सुनसरी – सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।
लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी व्यारेजमा रातो बत्ती बालिएको हो। सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको हो ।
सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोशीका ५६ ढोका मध्ये अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE