Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कोरोनाबाट थप १२ जनाको मृत्यु, ३४ सय ४२ जनामा संक्रमण

१३ बैशाख काठमाडौँ – नेपालमा कोरोना भाइरसका कारण थप जनाको १२ मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय जनामा गरिएको परीक्षणमा ३४ सय ४२ जनामा संक्रमण देखिएको छ । योसँगै देशभर अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

सोही अवधिमा ३ सय ७८ जना बिरामी निको भएसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ रहेको छ । जसमध्ये २ सय ६८ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE