Date
आइत, माघ ६, २०८१
Sun, January 19, 2025

पदभार ग्रहण समारोहबाटै पक्राउ: हत्या र अपहरणको आरोपमा नवनिर्वाचित वडाध्यक्ष पक्राउ

सप्तरी, २१ मंसिर: सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहलाई पदभार ग्रहण समारोहको मञ्चबाटै प्रहरीले पक्राउ गरेको छ। हत्या र अपहरण जस्ता गम्भीर आपराधिक आरोपमा मुछिएका साहलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। साहलाई डाक्नेश्वरी वडा नम्बर १ मा आयोजित पदस्थापना समारोहको मञ्चबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी घटना सम्बन्धी अनुसन्धान भईरहेको छ ।

गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचन जितेपछि पदभार ग्रहण गर्न आयोजित कार्यक्रममा उनी सहभागी भइरहँदा प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हत्या र अपहरणको आरोप

साहमाथि स्थानीय युवतीको हत्या र उनको भाइको अपहरणमा संलग्न रहेको आरोप छ। घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी सक्रिय रहेको छ। अपराधमा संलग्न भएको पुष्टि भएमा साहमाथि कडा कानूनी कारबाही हुने प्रहरी स्रोतले जनाएको छ।

उम्मेदवारको पृष्ठभूमि जाँचमा प्रश्न

यस घटनाले निर्वाचन प्रक्रियामा उम्मेदवारहरूको पृष्ठभूमि जाँचको आवश्यकता र महत्त्वप्रति गम्भीर प्रश्न उठाएको छ। आपराधिक पृष्ठभूमिका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा निर्वाचित हुनुले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ।

स्थानीय प्रतिकृया

घटनाले स्थानीयबासीबीच ठूलो हलचल मच्चाएको छ। स्थानीयहरूले अपराधमा मुछिएका व्यक्तिले निर्वाचित जनप्रतिनिधि भएर समाजको नेतृत्व गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

न्याय र सुशासनको माग

जनप्रतिनिधि पदमा रहेका व्यक्तिहरूको नैतिकता र इमान्दारितालाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयबासीको माग छ। यस घटनाले राज्यका निकायहरूलाई अपराध नियन्त्रण र सुशासनप्रति गम्भीर बन्ने सन्देश दिएको छ।

यस प्रकरणमा सत्यतथ्य उजागर गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सबै पक्ष सचेत हुन जरुरी देखिन्छ। जनताको विश्वासको कदर गर्न, दोषीहरूमाथि कडा कारबाही हुनु अपरिहार्य छ।

WRITE COMMENTS FOR THIS ARTICLE