Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकका दुबै गभर्नरले लिए अबकास,अब कस्को पालो ?

१८ फागुन
काठमाडौं –
नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली भएको छ ।

राष्ट्र बैंकका डेपुटी गर्भनरहरुले आजै अबकास पाएपछि उक्त पद खाली बन्न पुगेको हो । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आज (मंगलबार) बाट अवकाश पाउनु भएको छ ।

सिवाकोटीले राष्ट्र बैंकमा २०४४ सालबाट प्रवेश गर्नु भएको थियो भने, श्रेष्ठले २०४६ सालमा राष्ट्र बैंक प्रवेश गर्नु भएको हो ।

गभर्नरका आकांक्षी सिवाकोटी र श्रेष्ठ हालका गर्भनर माहा प्रसाद अधिकारीले बाजी मारेपछि आकांक्षा तुहिएको थियो ।

सरकारले लगानी बोर्डको सिइअओ (महाप्रसाद अधिकारी) लाई राष्ट्र बैंकको गभर्नर बनाएको थियो ।

राष्ट्र बैंकमा अब डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका सञ्चालक समितिमा डेपुटी गभर्नरहरू सदस्य रहने व्यवस्था छ । अब सिवाकोटी र श्रेष्ठपछि को बन्ला डेपुटी गर्भनर त्यो भने केही दिन पर्खनुपर्ने देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE