Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरकार पक्षका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्नैप्रश्न

सरकार पक्षका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्नैप्रश्न

१७ असार, काठमाडौं– संसद विघटनको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीका कानुन व्यवासायीलाई प्रश्नमाथि प्रश्न तेस्र्याएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले सरकार तर्फका कानुन व्यवसायीलाई प्रश्न माथि प्रश्न गरेका हुन् ।

प्रधानमन्त्रीका तर्फबाट बहस गरिरहेका पूर्व महान्यायाधिवक्ता अग्नि खरेललाई प्रधानन्यायाधीश राणले, ‘संविधानको धारा ७६(५) स्वतन्त्र हो कि होइन भनेर सोधे। उनले सोही प्रश्नमा थप्दै उपधारा २ र ५ मा के फरक छ ?’ भनेर समेत प्रश्न गरेका थिए ।

प्रधानन्यायाधीश राणले, ‘उपधारा २ को दलहरूको हो। ५ ओपन हो, देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ। अरु दलको पनि छ कसरी गल्ती भयो भनिन्छ कुरा के हो ?’ भनी प्रश्न गरेका थिए ।

यस्तै प्रधानन्यायाधीश राणाले, ‘उपधारा ५ स्वतन्त्र हो भन्ने अनि अरु धारासँग जोडेर पृथक पृथक व्याख्या गर्न मिल्छ ?’ भनेर खरेललाई प्रश्न गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE