प्रतिनिधिसभाको बैठक आज बस्दै : नागरिकता विधेयक पारित हुने
६ साउन, काठमाडौँ – सरकारले आज नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरिने उल्लेख छ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
विधेयकमा ४५ जना सांसदले ३१ वटा संशोधन दर्ता गराएका छन्। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE