Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रकाश ज्वालासहित चार जनालाई पार्टी सदस्य र सांसद नरहने गरी कारबाही गर्ने एमालेको निर्णय

१० बैशाख, काठमाडौँ – नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य प्रकाश ज्वालासहित कर्णाली प्रदेश सभाका ४ जना सांसदलाई पार्टी सदस्य र सांसद् नरहनेगरी कारबाही गरिएको छ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेको सदस्य र कर्णाली प्रदेश सभा सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

उनीहरूले वैशाख ३ गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री एवं माओवादी नेता महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका थिए। तीमध्ये थापा, शाही र बुढा मन्त्री नियुक्त भइसकेका छन्।

बैठकले फ्लोर क्रस गर्ने प्रदेश सांसद देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ। ओलीले झुक्किएर विश्वासको मत दिएको भन्दै पछि फिर्ता लिएकी थिइन्।

WRITE COMMENTS FOR THIS ARTICLE