Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२ चैत
काठमाडौं-
पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हुन् ।

प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएको सो मुद्दाले अग्राधिकार पाएको अधिवक्ता ढुंगानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले अग्राधिकार पाएका छौं, आगामी सोमबार सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE