गैरसांसद मन्त्रीको नियुक्ती बदर गर्न सर्वोच्चको अन्तरिम आदेश
गैरसांसद मन्त्रीको नियुक्ती बदर गर्न सर्वोच्चको अन्तरिम आदेश
६ जेठ, काठमाडौं– सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीको नियुक्ति बदर गर्न अन्तरिम आदेश जारी गरेको छ । अदालते मन्त्रीको रुपमा काम गरिरहेका गैर सांसदहरुको कामकाजमा समेत रोक लगाउन आदेश दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्रीको नियुक्ति संविधानको धारा ७८ अनुसार अनुसार नरहेकोले नियुक्ती बदर गरिदिएको हो ।
हाल सांसद नरहे पनि रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कामकाज गरिरहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE