बर्दियामा हात्तीले लियो एकजनाको ज्यान
२४ आश्विन, काठमाडौं – हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गएको छ। राजापुर १० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ एक किलोमिटर टाढा बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षका बेचन दहितको ज्यान गएको हो।
घर फर्किंदै गर्दा गए राति उनलाई हात्तीले सुँड र खुट्टाले कुल्चिएको अनुमान गरिएको छ। आज बिहान बेचन मृत अवस्थामा फेला परेका थिए। मृतकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिएको छ। घटनास्थल वरपर हात्तीका पाइला पनि देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE