डडेलधुराको अमरगढी नगरपालिका ११ मा स्कुल बस दुर्घटना १६ को मृत्यु , २७ घाईते
काठमाडौँ डडेलधुराको अमरगढी नगरपालिका ११ रडुवामा पिसजोन बिद्या निकेतन स्कुलको से १ च २९३ नं को बस दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको घनास्थलमा नै मृत्यु भएको हो, भने ६ जना उपचारका क्रममा जिल्ला अस्पताल डडेलधुरामा मृत्यु भएको हो ।
डडेल्धुराबाट डोटी जाँदै गरेको बस, केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा सडकबाट २०० मिटर खोलामा खसेको थियो ।
दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएको बस मेला भरेर फर्किने क्रममा दुर्घटनामा परेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE