सामाजिक सञ्जाल बहिष्कार अभियानमा सेलिब्रेटी
ओस्कार अवार्ड विजेता अभिनेता लियोनार्दो डिक्याप्रियोसहितका दर्जनौँ कलाकार सहभागि
३१ भाद्र
काठमाडौँ – हलिउडका सेलिब्रेटीहरुले सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेका छन् । घृणा तथा द्वेष फैलाउन विभिन्न प्रोपोगाण्डा र गलत सूचनाहरु फैलाने माध्यम सामाजिक सञ्जाल बनिरहेको उनिहरुको निष्कर्ष छ । यसकै विरोधामा हलिउड सेलिबे्रटीहरुले सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियान सुरु गरेका हुन् ।
ओस्कार अवार्ड विजेता अभिनेता लियोनार्दो डिक्याप्रियोसहितका दर्जनौँ कलाकार तथा टेलिभिजनकर्मीहरुले प्रोपोगाण्डा र गलत सूचना विरोधी ह्यासट्याग स्टपहेटफरप्रफिट (३क्तयउज्बतभायचएचयाष्त) अभियानमा सामेल भएर सामाजिक सञ्जाल बहिष्कार गर्ने भएका हुन् । यो अभियान नागरिक अधिकारकर्मीहरुले सुरु गरेका हुन् । अहिले यो अभियानमा कलाकारहरु पनि सहभागी हुने भएका हुन् । सेलिब्रेटीहरुले बुधबार २४ घण्टाका लागि आफ्ना सामाजिक सञ्जालहरु बन्द गर्ने छन् ।
सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियानमा सामेल हुनेहरुमा अभिनेता डिक्याप्रियोसहित साचा बारोन कोहेन, जेनिफर लरेन्स, गायिका केटी पेरी तथा टेलिभिजनकर्मी तथा मोडल किम कार्डासियन वेष्टसहित रहेका छन् । अभिनेता एश्टन कुट्चरले पनि सामाजिक सञ्जाल बहिष्कार गर्ने अभियानमा सहभागी हुने जानकारी दिँदै यस्ता माध्यमहरु घृणा र हिंसा फैलाउनका लागि नभएकोे बताएका छन् । गएको जुनमा घोषणा गरिएको यो अभियानका आयोजकले फेसबुक र इन्स्टाग्रामले घृणा फैलाउने खालका सामग्री तथा गलत सूचनाहरु नियन्त्रण गर्नका लागि पर्याप्त काम नगरेको आरोप लगाएका छन् ।
अभियान विशेष गरी फेसबुकमा केन्द्रित छ, जसको स्वामित्वमा इन्स्टाग्राम र ह्वाट्सएप पनि छ । गएको वर्ष यी सामाजिक सञ्जालले विज्ञापनदाता मार्फत झण्डै ७० अर्ब अमेरिकी डलर बराबरको आय गरेका थिए । अभियानमा हजारौँ व्यवसाय र नागरिक अधिकारको पक्षमा वकालत गर्ने प्रमुख समूह तथा संस्थाहरु सहभागी भएका छन् । फेसबुकले प्रजातन्त्रमाथि नै गम्भीर असर पार्ने खालका गलत सूचना र घृणायुक्त सामग्रीहरु नियन्त्रणका लागि काम नगरेकाले अभियान सुरु गर्नु परेको अभियन्ताहरुले बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE