Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

१३ वर्षिया बालीकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

१३ वर्षिया बालीकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

१४ असार, काठमाडौं– तेह्र बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका–४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचना पाउनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE