Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

हङकङमाथि उत्कृष्ट प्रदर्शन गर्दै एसीसी अन्डर नाइन्टिन पूर्वी क्षत्रिय क्रिकेटको उपाधि नेपालले जित्यो

ढकालले ५ विकेट, कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट

सवाल सम्वाददाता
काठमाडौँ-एसीसी अन्डर नाइन्टिन पूर्वी क्षत्रिय क्रिकेटको उपाधि नेपालको पोल्डामा परेको छ । मलेसीयामा जारी प्रतियोगितामा मंगलबार बिहान भएको खेलामा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि जितेसँगै नेपाल आगामी अगस्टको अन्तिममा श्रीलंकामा हुने एसिसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिताका खेल्ने भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित भारत, अफगानिस्तान, बंगलादेश, यूएई र पाकिस्तानले सहभागिताहुने ट्ुङ्गो लागिसकेको छ ।

मंगलबार भएको खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले सुरुदेखी नै उत्कृष्ट प्रदर्शन ग¥यो ।  हङकङको कम्जोर सुरुवात संगै ४३ ओभर १ बलमा ९५ रनमा समेटिदै अलआउट हुन पुग्यो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष पछ्याएको नेपालले ४ विकेट गुमाएर १६ ओभर १ बलमा लक्ष पुरा गरेको थियो । नेपाललाई उपाधि दिलाउन पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान गरे । त्येस्तै रित गौतमले १४ बलमा १३, खड्गबहादुर बोहराले २२ बलमा ८ रन, रोहितकुमार पोडेलले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए ।

हङकङका लागि रौनक कपुरले २ विकेट लिए । मोहम्मद हसन खान र मोहम्मद हसनले जम्म १–१ विकेट लिन सफल भए । यसअघि पहिले ब्याटिङ गरेको हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेगस्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो ओभरमै मेडन विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १८ रन खर्चिएर ५ विकेटको महत्वपुर्ण प्रदर्शन गरे । पहिलो र दोस्रो विकेटको साझेदारी सागरले रन बनाउनै नदिइ ब्रेक गरे । तेस्रो विकेटका लागि हङकङले २९ रनको साझेदारी गर्यो । अदित गोररा र कालन मार्क चालुले हङकङको स्कोर उकासे ।

तर चालु हङकङको २९ रन भएको अवस्थामा व्यक्तिगथत १९ रन बनाएर सागरबाटै आउट भए ।  त्यसपछि चौथो विकेटका रुपमा सागरले आरुस भागवतलाई खाता खोल्नै नदिइ आउट गरे। पाँचौं विकेटका लागि अदित गरोरा र मेहरनले १८ रनको साझेदारी गरे । उक्त साझेदारी सागरले नै भत्काए। उनले मेहरनलाई पेभेलियन फर्काए।  सुरुवाती सबै पाँच विकेट सागरले नै झारे । छैटौं विकेट तिलकराज भण्डारीले लिए ।  हङकङका लागि सर्वाधिक २४ रन बनाएका अदित गरोरा भण्डारीको बलमा कप्तान रोहितबाट क्याच आउट भए ।

सातौं सफलता कमलसिंह ऐरीले लिए । उनले मोहम्मद हसन खानलाई आउट गरे । आठौं पनि ऐरीले नै लिए । हङकङको स्कोर ७० रहेको अवस्थामा रौनक कपुरलाई ऐरीले आउट गरे । ३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट गुमाएको थियो । अन्तिमा मोहम्मद हसन र अब्बदुर उर्सनले २५ रनको साझेदारी गरेपछि हङकङ ९५ रनमा पुग्यो । नेपालका लागि सागर ढकालले ५ विकेट लिए । कमलसिंह ऐरीले ३, कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट लिए ।

WRITE COMMENTS FOR THIS ARTICLE