Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि

१५ असार, काठमाडौँ – भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा  ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै  भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार  पुगेको छ ।

यस्तै भारतमा  एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।

भारतमा एकैदिन ५६ हजार ९ सय ४८ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ९३ लाख ५९ हजार २०८ पुगेको छ ।

भारतमा हाल ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE