बागमती प्रदेशसभाका सभामुख भन्छन्– दलहरुसँगको छलफलपछि प्रदेशसभा मिती तोक्छु
१२ फागुन
काठमाडौं – बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने बताउनु भएको छ । प्रदेशसभा बैठकका लागि विभिन्न दलसँग निरन्तर छलफल गरिरहेको बताउँदै सभामुख श्रेष्ठले बैठकको मिति तय गर्न आफू लागिपरेको बताउनु भयो ।
केही दलका नेताले आफुलाई बदनाम गराउन प्रचारबाजी गरेको आरोप लगाउँदै उनले बाहिर हल्ला चलाइए अनुसारको काम आफुले नगरेको बताउनु भयो । दलहरूको माग अनुसार नै बैठकको मिति तय गर्ने उहाँको भनाइ रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE