भारतसँग सिमा जोडिएका २ स्थानमा सशस्त्र प्रहरी चौकि स्थापना हुँदै
बैतडी-बैतडीमा भारतसँग सीमा जोडिएका २ स्थानमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ । भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमध्ये दशरथचन्द नगरपालिकास्थित झुलाघाट र तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भएको हो ।
सीमा जोडिएका ठाउँमा बीओपी स्थापनाको लागि उपयुक्त जग्गा खोजी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । अहिलको अवस्थामा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी असुरक्षित तरीकाले अस्थाई पोष्ट स्थापना गरी सुरक्षा दिइरहेका छन् ।
बैतडीको तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट, पञ्चेश्वर गाँपालिकाकै विनायक घाट र पञ्चेश्वरको रोडीदेवलमा अस्थाई पोष्ट स्थापना गरी सशस्त्र प्रहरी सिमारक्षाका लागी खटिएका छन् । दशरथचन्द नगरपालिकाको बारकोट र सेरामा पनि सशस्त्र प्रहरीले पहरा दिइरहेको जनाईएको छ । पछिल्लो समयमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अवैधानिक तरीकाले ट्युबमार्फत महाकाली तरेर भारतबाट नेपालीहरु फर्कन थालेपछि सीमा क्षेत्रमा थप कडाइ गर्न थालिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE