Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

फिरौती रकम माग गर्ने एकजना प्रहरीद्वारा पक्राउ

फिरौती रकम माग गर्ने एकजना प्रहरीद्वारा पक्राउ

३ असार, काठमाडौं– फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

फिरौती रकम माग गरी १ घण्टाभित्र नदिएमा गोली प्रहार गरी हत्या गरिदिन्छु भनी पटक–पटक फोन गरेर फिरौती माग गरेको अडियो सहितको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फिरौती रकम माग्ने यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE