Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक

१८ असार, काठमाडौं– बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

बैठकमा माधव नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु बोलाइए पनि उनीहरु सहभागि भने भएका छैनन् ।

बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम भने सहभागि रहेका छन् ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक सुरु भएको हो।

नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।

२०७५ जेठ २ मा फर्कनु पर्ने माग गर्दै आएको नेपाल पक्ष बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि असन्तुष्ट रहेको नेपाल पक्ष बैठकमा सहभागि नभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE