माओवादी केन्द्रको केन्द्रीय समितिमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव

१ चैत
काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फर्ने प्रस्ताव राख्नु भएको छ ।
प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्न प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनु भयो।
२०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपालाई खारेज गरेको थियो ।
त्यसपछि पूर्ववत अवस्थामा माओवादी केन्द्रमा फर्किन बाध्य हुँदा पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE